चुनौतीको सामना गर्दै चितवनमा शान्ति सुरक्षा कायम राख्न एसपी मल्ल सफल

Dan-Bahadur-Malla

 चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख  एसपी दानबहादुर मल्ल चुनौतीका बाबजुत जिल्लामा शान्ति सुरक्षा कायम सफल भएका छन्  ।

 पहिलो गाँसमा नै ढुगां लागेका एसपी मल्लले विभिन्न काण्डसगैँ उपनिर्वाचन समेत सम्पन्न गर्न सफल भएका हुन् ।  एसपी मल्लले अप्रेशन क्लिन चितवन अभियान नै चलाएर नयाँ रणनितिका साथ अघि बढेका थिए ।
 घटना  १
धुर्मुस सुन्तली फाउण्डेशनको संयोजकत्वमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको जग्गा अतिक्रमणको बिषयलाई लिएर स्थानिय मानिसहरुले चलाएको डोजर काण्डमा स्थानिय निकाय, स्थानिय मानिसहरु र रंगशाला निर्माण पक्ष समेतसंग सहकार्य गरी समस्या समाधान गरे ।  तारबार समेत भत्काएको घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कार्वाही गरिएको थियो । साथै थप अप्रिय घटना हुन नपाएको र नदिई प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी पोष्ट खडा गरी सुरक्षा प्रदान गरी आएको छन् ।
घटना २
 पत्रकार शालिकराम पुडासैनी पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डी मृत अवस्थामा फेला परेकोमा पुडासैनीलाई रवि लामिछाने समेतले आत्महत्या गर्न बाध्य बनाएको भन्ने भन्ने खुल्न आएकोले निज रवि लामिछाने समेतलाई पक्राउ गरेको थिए । घटनामा सर्वसाधारणहरुले असन्तुष्ट जनाई भएको भिड र जुलुस तथा विरोध कार्यक्रममा संयम्ता अपनाई सुरक्षा प्रदान गरी अप्रिय घटना हुनबाट उनले चालेको सुरक्षा रणनिति सफल समेत थियो । जसको प्रहरी संगठन र जिल्ला सुरक्षा समितिले प्रशंसा गरेको थियो ।
 घटना  ३
 मेडिकल सिटि चितवनमा पहिलो पटक अस्पताल  तोडफोड गर्नेलाई तोडफोडको क्षति वापत जरिवान भराउन र तत्कालै पक्राउ गर्न सफल थिए ।
 घटना  ३
 विगतको चुनावमा मतपत्र काण्डका चर्चीत बनेको चितवनमा यो पटक चितवन प्रहरीका कडा सुरक्षा रणनितिका कारण कुनै घटना भएन् । जसको कारण उपनिर्वाचन सकिए लगत्तै नेकपा र नेपाली काग्रेँसले नेतृत्व तहले मतदान स्थलमा नै एसपी मल्लको प्रशंसा गरेका थिए । उनले कुनै पनि अप्रिय घटना हुन नदिई निर्वाचन सम्पन्न समेत गर्न सफल देखिए ।
   फरार अपराधी पक्राउ अभियान तीव्र

यस्तै चितवन प्रहरीले फरार अपराधी पक्राउ अभियान तीव्र पारेको छ । प्रहरीले विभिन्न अपराधमा संलग्न भएका २६ सय ८४ जनालाई पक्राउ गरे मध्ये अदालतबाट दोषी ठहर भई फरार रहेका ७८ जनालाई प्रहरीले पक्राउ गरेको एसपी दान बहादुर मल्लले जानकारी गराए  ।

 सामुदायिक प्रहरी साझेदारी अभियान अन्र्तगत सुमदायसगँको समन्वय गरि अपराधीहरु धमाधम पक्राउ गर्न चितवन प्रहरी सफल भएको उनले वताए  ।
क्लिन चितवन अभियानसहित जिल्लामा आएका प्रहरी प्रमुख एसपी मल्लको नेतृत्वमा जिल्लामा ६ महिनाको अवधीमा ७८ जनालाई फरार अपराधीलाई पक्राउ गरि कार्वाहीको दायरामा पुराएको हो ।

 'फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत जेठ १५ देखि हालसम्मको खोजीमा प्रहरीले ७८ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ, एसपीले मल्लले भने , जिल्लामा अझै अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र पारेका छौँ ।'

 अदालतबाट धेरै सजाय पाएका अपराधी भारत जाने गरेका उनीहरुलाई समात्न नसकिएको मल्लको भनाइ छ  ।
'अदालतले फैसला गरेर सजाय तोकेपनि देशभरीबाट फरार भई चितवनमा लुकिछिपी बस्नेहरु रहेछ, उनले भने  क्लिन चितवन बनाउन यस्ता अपराधी लुके समस्यामा हुन्छ, यसकारण खोजी खोजी यस अपराधी पक्राउ गर्न अभियान निरन्तर छ, अब अपराधी प्रहरीबाट उम्कन सक्दैन् । '

 पक्राउ परेका उनीहरुलाई जम्मा ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जनालाई पक्राउ गरी जसबाट १६ बर्ष ५ महिना ७ दिन कैद र सात लाख त्रियासी हजार पाँच रुपैय जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु-याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए  ।

 पक्राउ परेकामा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी बढी छन् भने  रकम तिर्न नसक्ने अपराधी पनि फरार छन् । वडा विभाजन गरेर फरारको सूची प्रत्येक प्रहरी चौकीमा पठाइएको बताउँदै प्रवक्ता कोईरालाले जतिसक्दो चितवनलाई फरार अपराधी मुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाए।

अप्रेशन क्लिन चितवन अभियान र २६ सय ८४ जना पक्राउ
मल्लले  आफु गत जेठ १५ गते चितवन प्रहरी प्रमुखको जिम्मेवारीमा आए पश्चात् अप्रेशन क्लिन चितवन अभियान नै चलाएर अपराधीहरुको खोजीसगैँ अपराध नियन्त्रणका लागि विद्यार्थी पढाउने अभियानसम्म जारी राखेका छन् ।

 यसअवधीमा २६८४ जना पक्राउ गरिएको बताए । उनले पक्राउ परेका मध्य ४४६ जनालाई मुद्धा चलाईएको, ४ सय १३ जनालाई अभद्र व्यवहारमा कारर्वाही गरिएको र १७ सय ४७ जनालाई सम्झाई बुझाई गरि पठाईएको छ ।

 कानुन पालना गराउन र सेवा दिन कुनैपनि हालतमा पछि नपर्ने बताउदै मल्लले यदि कुनै प्रहरीले आफैले नै अपराध गरेको भएपनि नछोड्ने प्रतिक्रिया दिए । उनले जिल्लाको शान्ति सुरक्षा भड्कीन नदिन आफु तल्लीन रहेको बताए । 

 एसपी मल्ल चितवनमा आए पश्चात रङ्गशाला काण्ड, शालिग्राम पुडासैनी र रवि लामिछाने काण्डसगैँ उपनिर्वाचन सफल रुपमा सम्पन्न गरिसकेका छन् । विभिन्न चुनौतीको सामना गर्दै चितवन प्रहरीले ज्ञानेन्द्र शाही प्रकारणमा पक्राउ पुर्जी जारी भएकालाई खोजी कार्य तीव्र बनाएको छ । 

 समुदाय प्रहरी साझेदारी कार्यक्रम
चितवन प्रहरी क्लिन चितवनकै लागि प्रहरी प्रमुख सवेन्द्र खनालले प्रभावकारी रुपमा अगाडी बढाएको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पनि उहि गति अगाडी बढाएको छ ।
अपराध नियन्त्रणका लागि विद्यार्थी पढाउने अभियान देखि विभिन्न ७६ वटा सामुदायिक सचेतना कार्यक्रम, ६३ वटा विद्यालय सम्पर्क कार्यक्रम र २५ वटा प्रहरीसंग एक दिने कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।

 मुद्दा दर्ता तथा मानिस पक्राउ
यस्तै विभिन्न अपराध घटनामा चितवन प्रहरीले ६ सय ६३ वटा मुद्दा दर्ता गरि अपराध नियन्त्रण अभियान तीव्र पारेको छ ।  जसमा संलग्न ९ सय ५५ जना व्यक्ति उपर मुद्दा चलाईएको र ८ सय ६१ जनालाई पक्राउ गरिएको थियो । जस मध्ये ९ जना तेस्रो लिङ्गीलाई पनि चितवन प्रहरी टिम कार्वाही गर्न सफल देखिएको थियो ।

 यस्तै छुट्टा छुट्टै ५ वटा हत्याका घटनामा संलग्न १३ जनालाई पक्राउ गरी कारवाही चितवन प्रहरीले गरेको छ ।
भने छुट्टाछुट्टै जबरजस्ती करणीका २० वटा घटनामा संलग्न २० जनालाई पक्राउ गरी कारवाही भएको प्रहरी रेकर्ड छ ।
वेश्यावृती नियन्त्रण
यस्तै चितवन प्रहरीले वेश्यावृती नियन्त्रण अभियानलाई पनि फरक ढंगका साथ अगाडी बढाएका थियो । जसमा युवतीहरुलाई जबरजस्ती वेश्यववृतीमा लगाउने ५ जनालाई पक्राउ गरी छुट्टा छुट्टै ३ वटा मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कारवाही गरेको रेर्कडले देखाउछ ।
जुवातास नियन्त्रण
यसै चाडपर्वसहित अन्य वेलामा समेत चितवन प्रहरीले थालेको जुवातास नियन्त्रण अभियान प्रभावकारी नै देखिएको छ । जसमा प्रहरीले जुवातास खेल्ने १ सय ३३ जनालाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दामा कारवाही गरेका थियो । भने जसमा जुवा खेल्न प्रयोग भएको १७ लाख ६८ हजार २ सय ७५ रुपैयाँ बरामद गरी अदालत बुझाईएको थियो ।
अवैध हातहतियार नियन्त्रण
चितवन प्रहरीले यसै अवधीमा अवैध हातहतियार ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरी कारवाही गरेको छ । जसमा मेड ईन युएस लेखिएको पेस्तोल १ थान, पेस्तोलकै म्याग्जिन १ थान, सोमा लाग्ने गोली ५ राउण्ड र बा ८५ प ८०८४ न।को १५० सि।सि।पल्सर मोटर समेत बरामद प्रहरीले गरेका छ ।
नेटवर्किङ ठगी नियन्त्रण
यस्तै ठगी कार्यमा संलग्नलाई समेत कार्वाही गर्न चितवन प्रहरी आक्रमक रुपमा नै अगाडी बढेको थियो ।
एल। टि। एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रा।लि।नामको संस्था काठमाण्डौमा दर्ता गरी चितवन जिल्लामा समेत सर्व साधारणहरुलाई झुक्यानमा पारी नेपालमा प्रतिवन्धित नेटवर्कीङ व्यवसाय संचालन गरी सर्व साधारणलाई ठगी गर्ने चार जनालाई पक्राउ गरी छुट्टाछुट्टै २ वटा मुद्दा दर्ता गरी कारवाही गरिएको थियो ।
लागु औषध कारोवार नियन्त्रण
लागुऔषध नियन्त्रण अभियानमा समेत चितवन प्रहरी नै आक्रमक नै भएको देखिन्छ । यो अवधीमा नै अवैध लागु औषध खरिदबिक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टा छुट्टै ४० वटा मुद्दा दर्ता गरी कारवाही गर्न प्रहरी सफल छ । जसमा डाईजेपाम १४२ एम्पुल, व्युप्रिबर्फिन १३७ एम्पुल, फेनारगन १४४ एम्पुल, खैरो हेरोईन १० ग्राम ३६० मिलिग्राम, नाईट्राजेपाम ६२३ ट्यावलेट र गाँजा २८९ किलो २०० ग्राम बरामद गरिएको थियो ।

१ सय ५० विगाहको अवैध गाँजा खेती नष्ट

 अबैध लागु औषध खेती नष्ट गर्ने अभियान समेत तीव्र पारेको छ चितवन प्रहरीले । प्रहरीले तत्कालिन चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहितको टोली नै लगेर यो अवधीमा १५० बिगाह १ कट्ठा जग्गामा लगाएको अवैध गाँजा खेती नष्ट गरेका थियो ।

ट्राफिक कारवाही र राजश्व संकलन
यस्तै सवारी दुर्घटना नियन्त्रणमा समेत चितवन प्रहरी अगाडी नै छ । यस अवधीमा प्रहरी सवारी नियम उलङघन गरी सवारी चलाउने २१ हजार ५ सय १३ वटा सवारी तथा सवारीका चालकलाई कारवाही गरेका छ ।  उनीहरुबाट १ करोड ६९ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

Comments

Top