अनेरास्ववियूद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

anerasobiyou

  भक्तपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) भक्तपुर बहुमुखी क्याम्पस कमिटिद्धारा आयोजना गरिएको बिद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं.३ मा सङ्गठन कमिटि सदस्य एंव गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईको उपस्थितिमा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै नेता भट्टराईले विद्यार्थीहरु राजनीतिक रुपमा सचेत र प्रशिक्षित भएर शैक्षिक क्षेत्रमा देखा परेका विकृति र विंसङ्गती विरुद्ध अखिलमा गोलबद्ध भई आवाज उठाउन सदैव लागि पर्नु पर्ने बताए ।

नेकपाको सरकारले नै देशमा समाजवाद ल्याउने भन्दै उनले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा लाग्न विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

प्रशिक्षण कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुवास तिम्लसिना, जयराम बास्तोला, मासबहादुर लामा, नवीन रिजाल, प्रकाश शर्मा, केशव घिमिरे, संगित दाहाल, दिपक विष्ट, दिपेश विसुन्केलगायतले अनेरास्ववियूले विद्यार्थी हक अधिकार सुनिश्चित गर्न र क्याम्पसमा हुने अराजक गतिविधि रोक्न अनेरास्ववियूले पहल गर्ने बताए ।

कार्यक्रममा ३५ जना विद्यार्थी नेताहरुको सहभागिता रहेको र क्याम्पसमा विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गर्न अनेरास्ववियूले रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको अनेरास्ववियू भक्तपुरका नेता दिपेश बिसुन्केले बताए ।

Comments

Top