मानव अधिकार : आस्था र निष्ठाको विषय : प्रधानमन्त्री

kp sharma in bed

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार उल्लंघन हुन नदिन तथा उल्लंघन गर्ने दोषीलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पीडितलाई न्याय दिलाउन वर्तमान सरकार सक्रिय रहेको बताउँदै प्रधानमन्त्री ओलीले मानव अधिकार प्रतिबद्धताको विषयमात्र नभइ आस्था र निष्ठाको विषय भएको बताए ।

७१औं विश्व मानव अधिकार दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकार संरक्षण तथा प्रवर्द्धनको प्राथमिक जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै समाजका सबै क्षेत्र, पेसा, व्यवसाय र वर्गहरुको योगदान आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ–‘मानव अधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरुप द्वन्द्वकालीन घटना सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगलाई प्रभावकारी बनाउन कानुनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराउन सरकार सक्षम छ ।’

Comments

Top