कोहलपुरको कर्फ्यू हट्यो

kohalpur

   काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर वरिपरिको निषेधाज्ञा हटाएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावका कारण लगाइएको निषेधाज्ञा मंगलबार बिहान साढे १० बजेदेखि हटाएको हो ।

कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार कोहलपुर तनावग्रस्त बनेको थियो भने सोमबार सबै विद्यालय सोमबार बन्द गराइएको थियो।

त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

Comments

Top