साग फुटबलमा नेपाललाई चौथा पटक स्वर्ण, भुटान २–१ गोल अन्तरले पराजित

nepal ss

  काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एशियाली खेलकुद(साग) मा डिफेन्डिङ च्याम्पियन नेपालले फुटबलमा स्वर्ण पदक जितेको छ । यो सँगै १३औं सागमा नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।

काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले चौथो पटक स्वर्ण जितेको हो । यस अघि नेपालले सागमा तीन पटक स्वर्ण जितिसकेको छ ।

खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएकोथियो।नेपालले सुरुवाती अग्रता लिएपनि खेलको ३६‌औँ मिनेटमा भुटानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो।

खेलको १६ औं मिनेटमा अभिषेक रिजालले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। भुटानका कप्तान चेन्चो ग्यालसेनले खेलको ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।

तर, दोस्रो हाफको ५३औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि दुबै समूहले पटक–पटक अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल २–१ गोल अन्तरले नेपालले खेल आफ्ना पोल्टामा पारेको हो ।

sunil

आजको स्वर्णसँगै नेपालले अर्को पनि इतिहास रचेको छ । सागको इतिहासमा पाकिस्तानले मात्र सर्वाधिक ४ स्वर्ण जितेको थियो । तर, आज नेपालले पाकिस्तानको कीर्तिमान बराबरी गरेको छ । भारतले भने अहिलेसम्म ३ स्वर्ण जितेको छ ।

पाकिस्तान र भारत फुटबलमा सहभागि नभएपछि यस पटक राउण्ड रोविनका आधारमा फुटबलका खेलहरु भएका थिए । जसमा नेपाल र भुटान लिगको पहिलो, दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

नेपाल लिगमा अपराजित थियो भने भुटानले नेपालसँग मात्र हारेको थियो । समूह चरणमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । भुटान पहिलो पटक फाइनलमा पुगेको हो ।

यसअघि नेपालले नेपालले सन् १९८४, १९९३ र सन् २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो ।

Comments

Top