६० लाख घुस प्रकरणमा अपराध महाशाखाका असई पक्राउ

ciaan

 काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुस लिँदा लिँदै अपराध महाशाखामा कार्यरत इन्सपेक्टर जयनेपाल थापालाई पक्राउ गरेको पर्सीपल्टै छुट्टै घुस प्रकरणमा महाशाखाकै असई उमेश केसीलाई पनि पक्राउ गरेको छ ।

 नक्खु कारागारमा बलात्कार सम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक अभियुक्तकी श्रीमतीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागेको अडियो वार्तालापका आधारमा केसीलाई अख्तियारले हिजो पक्राउ गरी हिरासतमा राखेको स्रोतले वतायो।

 उनले शुरुमा ति महिलासँग ६० लाख बार्गेनिङ गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। पछि पटक पटक नौ लाखसम्म बार्गेनिङ गरी ति महिलालाई हैरान पारेपछि अख्तियारले बार्गेनिङको अडियोदेखी मेसेजसम्म अनुसन्धान गरी केसीलाई पक्राउ गरेको अख्तियार स्रोतको भनाइ छ।

 असई उमेश केसी केन्द्रिय कारागार सुन्धाराको सुरक्षामा महाशाखाबाट खटिएका प्रहरी अधिकारी भएको खुलेको छ। 

Comments

Top