धनुषा बम बिस्फोटका दोषीलाई कारबाही गरेरै छाड्ने गृहमन्त्री थापाको दाबी

badalकाठमाडौं। गृहमन्त्री

 रामबहादुर थापाले धुनषा बम काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउने दाबी गरेका छन् । शुक्रबार मध्यराती बम विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको मृत्यु भएको थियो ।

तीन जना घाइते भएका छन् । घाइतेको बीपी कोइराला प्रतिस्ठान धरानमा उपचार भइरहेको छ । गृहममन्त्री थापाले बम विष्फोटमा प्रहरीसहित तीन जना मारिएको घटनाले निकै स्तब्ध भएको विज्ञप्ति मार्फत जारी गरेका छन् ।

‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गयराति भएको विष्फोटमा परी नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याई छाड्ने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’

Comments

Top