बम विस्फोटमा मृत्‍यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा स-सम्मान अन्त्येष्टि

antyasti

 काठमाडौं। शुक्रबार मध्यराति धनुषामा भएको बम विस्फोटमा परी मृत्‍यु भएका नेपाल प्रहरीका इन्स्पेक्टर अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार गरिएको छ ।

 पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्  ।

 साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा  दाहालका परिवारजन एवं आफन्तजनले समेत दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

 dahalan

 दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । दाहालको पार्थिव शरीरमा उनका  बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिएका थिए ।

 २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका दाहाल  २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा बढुवा भएका थिए  । दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन् ।  दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत थिए  ।

Comments

Top