सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु

accidentसिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

घटनास्थलबाट १२ जनाको शव निकालिएको छ । गम्भीर घाइतेहरुको उद्दार जारी रहेको छ । थुप्रै गम्भीर घाइते रहेका छन् । ३० जना भन्दा बढी रहेको बस दुर्घटना परेको हो ।

नेपाली सेना, सशस्त्र र जनपद प्रहरीका साथै स्थानीयले उद्दार गरिरहेका छन् । घाइतेहरुको स्थानीय जनबहार अस्पतालदेखि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Top