एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमान्डुमा भारी छुट

foodn

 काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमान्डुमा भारी छुट दिने सम्झौता भएको छ । अनलाइन फुड फेस्टिभल २०२०मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन व्यबस्था गरेको हो ।

यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुने बैंकले जनाएको छ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।

एनआईसी एशिया  बैंकका मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Comments

Top