मकाउमा भ्रमण वर्ष २०२० को प्रचार प्रसार, यि हुन मुख्य आकर्षण

canvasmakauकाठमाडौं । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आगामी जनावरी १२ अर्थात पुस २७ गते आइतबार मकाउमा प्रचार प्रसार हुने भएको छ ।

 मकाउको मुख्य केन्द्र सानमालोबाट मकाउनका विभिन्न पर्यटकीय स्थानहरुमा पैदल यात्रा गरी भ्रमण वर्षको प्रचार प्रसार गरिने गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

 कार्यक्रमको आवश्यक तयारी पूरा भइसकेको भन्दै अध्यक्ष गुरुङले मकाउमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई पैदल यात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।
महावाणिज्य दूताबास हङकङ/मकाउको आयोजना तथा गैर आवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा भ्रमण वर्षको कार्यक्रम आयोजना हुन लागेको गुरुङले बताए ।

 नेपाली मौलिक नौमति बाजा, लाखे नाच, सेरगा र किँरात साकेला नाच कार्यक्रमका मुख्य आकर्षण भएको उनले बताए । त्यसैगरी कार्यक्रममा नेपालका मौलिक परम्परा तथा पर्ययटकीय स्थानहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपालका तर्फबाट वान डे थ्री डी आर्ट एण्ड डेकोर प्रालिले क्यानाभास पेन्टिङको प्रदर्शन गर्ने भएको छ ।

 उक्त कार्यका लागि  वान डेसँग सम्झौता भइसकेको पनि गुरुङले जानकारी दिए ।

 

Comments

Top