भारले गोल रद्द गर्दा हार्यो बार्सिलोना

barsa

  काठमाडौं । एटलेटिको स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनालाई ३–२ ले स्तब्ध पार्दै एटलेटिको फाइनलमा प्रवेश गरेको हो । एटलेटिकले फाइनलमा रियल म्याड्रिडको सामना गर्नेछ ।

खेल सकिन नौ मिनेट अगाडिसम्म २–१ ले अगाडि रहेको बार्सिलोना अन्तिममा हार्न पुग्यो ।

कोकेले एटलेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । उता बार्सिलोनाका लागि भने लियोनल मेसी र एन्टोन ग्रिजमनले गोल गरेका थिए ।

त्यसयता एटलेटिकोका तर्फबाट अल्भारो मोराटाले पेनाल्टीबाट बराबरी गोल गरे भने एन्जेल कोरेआले ८६ औं मिनेटमा निर्णायक गोल गर्दै खेल जिताए । बार्सिलोनाका दुई गोल भने भारले रद्द गरेको थियो ।

Comments

Top