बिमानमाथि गोली चलाएर ठूलो गल्ती गरियो : इरान

iran

   काठमाडौं । इरानले गत बुधबार बिहान भएको बिमान दुर्घटनामा गल्ती भएको स्वीकारेको छ । इरानले अन्झानमा युक्रेनी बिमान जेटलिनरलाई गोली हानेको बताएको छ । उक्त बिमान दुर्घटामा १७६ जनाको मृत्यु भएको थियो ।

शनिबार बिहान इरानले मानवीय त्रुटिलाई दोष दिँदै अनजानमै सेनाको सुटआउटमा जेटलिनर दुर्घटनाग्रस्त बनेको बयान सार्वजनिक गरेको हो ।

युक्रेनी अन्तर्राष्ट्रिय एयरलाइन्सको बोइङ ७३७ जेटलाइनर इरानले तेहरानको बाहिरी इलाकामा गरेको अमेरिकी सैनिक कारबाहीका लागि क्षेप्यास्त्र प्रहार गरेको एक घण्टापछि नै दुर्घटना भएको थियो । एजेन्सी

Comments

Top