मस्जिदमा विष्फोट हुँदा १४ जनाको मृत्यु, २१ जना घाइते

pakistan

  काठमाडौं । पाकिस्तानको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तको क्वेटा शहरमा भएको उक्त घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । अस्पतालमा उपाचार भइरहेका घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले घटनाका बारेमा प्रहरी र प्रशासनको तर्फबाट थप खोजी भइरहेको भन्दै मस्जिदलाई निशाना बनाउने कहिल्यै मुसलमान हुन नसक्ने बताएका छन् । एजेन्सी

Comments

Top