सभामुखको टुंगो लगाउन अध्यक्षद्धय छलफलमा, उपसभामुख पनि सहभागी

sabhamukh

  काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुखमा पार्टीको उम्मेदवार टुंग्याउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भइरहेको छ ।

यद्यपी आज बस्ने भनिएको संसद बैठक भने सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा माघ ६ गतेसम्मका लागि स्थगित भइसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको उम्मेदवारका विषयमा छलफल भइरहेको छ। छलफलमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको पनि सहभागिता रहेको बताइएको छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। तर, उनले राजिनामा नदिने बताइसकेकी छन् । तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट उपसभामुख बनेकी हुन्।

यौन दुव्र्यवहार गरेको आरोपमा कृष्णबहादुर महरा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहिन छ।

प्रतिक्रिया

सम्बन्धित