एस्टन भिल्लालाई ६–१ ले हराउँदै एक स्थान माथि उक्लियो म्यानचेस्टर सिटी

city

  काठमाडौं । म्यानचेस्टर सिटीले आइतबार राति इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई ६–१ ले हराएको छ ।

जीतसँगै सिटी लेस्टर सिटीलाई उछिनेर दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

म्यानचेस्टर सिटीको जितमा सर्जियो एगुरोले ह्याट्रिक गरे । यसक्रममा उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी पनि बने । यो जितपछि पनि सिटी शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १४ अंकले पछाडि छ ।

लिभरपुलले एक खेल पनि कम खेलेको छ । तर, सिटीले लिभरपुललाई दबाबमा राख्ने प्रयास भने गरिरहने छ । सिटीले सुरुआती १० मिनेटमै तीन गोल गरेको थियो ।

रियाद मेहरेजले सुरुमा दुई गोल गरे । तेस्रो गोल एगुरोको नाममा रह्यो । ग्याब्रिएल जेससले चौथो गोल गरेयता एगुरोले दुई गोल थपे र ह्याट्रिक पूरा गरे ।

दिनको अर्को खेलमा वाटफोर्डले बर्नमाउथलाई ३–० ले हरायो र रेलिगेसन क्षेत्र छाड्‌न सफल रह्यो । पुछारका तीन स्थानमा अब एस्टन भिल्ला, बर्नमाउथ र नर्विच छन् । एएफपी

Comments

Top