व्यापार घाटा कम गर्न इन्डक्सन चुलो प्रयोग गर्नुपर्छ : सांसद बस्नेत

basnet

   भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् सांसद महेश बस्नेतले मुलुकको व्यापार घाटालाई अन्त्य गर्न एलपी ग्याँसबाट खाना पकाउने नभई विद्युतिय माध्यम इन्डक्सन चुलोबाट खाना पकाउने कार्यको विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल जलस्रोतको धनि मुलुक रहेको र सोही अनुसार सरकारले विद्युत उत्पादनलाई तीव्र गतिमा विस्तार गर्दै गएकाले अबका दिनमा इन्डक्सन चुलो चलाउन सहज हुने पनि उनले बताए ।

ललिगुँरास बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभालाई सम्बोधन गर्दै सांसद बस्नेतले सरकारले आगामी १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गरी तेस्रो मुलुकलाई बेच्ने कार्यको शुभारम्भ गरिसकेको पनि उल्लेख गरे ।

पछिल्लो समयमा नै ४०० मेगावट विद्युत उत्पादन गरी केन्द्रीय प्रशारण लाईनमा जोडिसकेको जानकारी गराउँदै संसद बस्नेतले आम नेपाली अब लोडसेडिङबाट मुक्त हुने पनि बताए ।

उनले भने–‘एलपी ग्यासबाट नेपालमा ठूलो व्यापार घाटा छ । नेपालमा उत्पादिन विद्युतको महशुल घटाउने प्रकृयामा समेत सरकार अघि बढिसकेको अवस्थामा खाना पकाउने ग्याँसको प्रयोगलाई घटाउँदै विद्युतिय माध्यमको प्रयोग गर्न म सबैलाई आग्रह गर्न चाहन्छु ।’

त्यासो त नेपालले उत्पादन गरेको विद्युत वंगलादेशसँग विक्रि गर्ने सम्झौता समेत भइसकेको छ । पूर्व उद्योगमन्त्री समेमत रहेका सांसद बस्नेतले भने–‘विद्युतको माध्यमबाट अब नेपालले आर्थिक वृद्धिदरलाई उच्च बनाउँछ ।’

कार्यक्रममा बोल्दै सांसद बस्नेतले सहकारीको माध्यमबाट समाजको रुपान्तरण भएको बताउँदै सहकारी रोजगारीको महत्वपूर्ण माध्यममात्र नभई मुलुकको समृद्धि आधार समेत बनेको बताए ।

भक्तपुरमा तीनै तहका सरकार भौतिक पूर्वाधार निर्माणको लागि अहोरात्र लागि रहेको बताउँदै उनले उत्पादनका काम अबको अभियान हुनुपर्नेमा जोड दिए ।

Comments

Top