संसद भवन भत्काउन विकास समितिको निर्देशन

samsad

   काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ ।

समिति सभापति कल्याणी खड्काले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।

Comments

Top