काठमाडौंमै एनसेलका दुई टावरमा आगजनी

ncell tower

  काठमाडौं । काठमाडौंमै एनसेलका दुईवटा टावरमा अगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८, छैमले र तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको टावरमा सोमबार राति आगजनी भएको हो ।

राज्यलाई कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि देशका विभिन्न स्थानम रहेका एनसेल टावरमा आगजनी गर्दै आएको छ ।

यद्यपी आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

Comments

Top