उपसभामुखले राजिनामा दिनैपर्छ : प्रवक्ता श्रेष्ठ

narayankaji shrestha

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन सुझाव दिएका छन्।

उपसभामुख तुम्बाहाङ्फेको गरेको दावी सही भएको भन्दै प्रवक्ता श्रेष्ठले राजिनामा दिएर पार्टीका लागि सभामुख चयन गर्ने बाटो तयार गरिदिनुपर्ने बताएका हुन् ।

लमजुङमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने–‘उपसभामुखले दावी गर्ने हक राख्नुहुन्छ । सभामुख उहाँ बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ। उहाँ नै हुन सक्नु होला तर उहाँ उपसभामुख भएर त हुन्न। उहाँले राजीनामा दिएपछि पार्टीले निर्णय गर्छ।’

 

Comments

Top