घाइते प्रहरीहरुलाई भेट्न अस्पताल पुगे आईजीपी खनाल, उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

igp khanal

   चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) सर्बेन्द्र खनाल माघे सक्रान्ति मेलामा घाईते भएका प्रहरीहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उपचाररत घाईतेहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै आईजीपी खनालले उपचारमा संलग्न चिकित्सकहरुलाई घाइते प्रहरीहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह समेत गरे ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन मेडीकल कलेजमा एक जना र पुरानो मेडीकल कलेजमा १४ जना घाईते प्रहरी उपचाररत छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार अनुसार घाईतेमध्ये ३ जनाको अबस्था गम्भिर रहेको छ भने अन्य १४ जना घाईते प्रहरी भने उपचार पछि घर फर्किएका छन् ।

पबित्र तिर्थस्थल देवघाट धाममा सुरक्षा दिएर जिल्ला प्रहरी कार्यालय तनहुँतर्फ फर्कदै गरेको नेपाल प्रहरीको गाडी माघ १ गते साँझ दाशढुङ्गाको तनहुँतर्फ दुर्घटनामा परेको थियो । घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको थियो ।

chitwan

प्रतिक्रिया

सम्बन्धित