भारतलाई २–० को अग्रता

t20

दोस्रो खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै भारतले टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्यलाई भारतले मात्र ३ विकेटको क्षतिमा १५ बल बाँकी छँदै पछ्यायो ।

भारतलाई जित दिलाउन केएल राहुलले सर्वाधिक ५७ रनको योगदान दिए । उनले दुई छक्का र ३ चौका हिर्काए । कप्तान विराट कोहलीले ११ रन बनाउँदा रोहित शर्मा ८ रनमा आउट भए । न्युजिल्याण्डका लागि टीम साउथीले २ विकेट लिए ।

यसअघि, न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिक गुप्टिल र टीम सेफर्टले समान ३३–३३ रनको योगदान दिए । कोलिन मुनरोले २६ रन बनाए । भारतका लागि रवीन्द्र जडेजाले २ विकेट लिए ।

पाँच खेलको शृङ्खलाको तेस्रो खेल बुधबार ह्यामिल्टनमा खेलिनेछ ।

Comments

Top