logo

प्रदेश २ को राजधानी जनकपुरधाम नै रहने

Janakpur

धनुषा ।

प्रदेश २ को स्थायी राजधानी टुंगो लागेको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमति आइतबार बनेको हो । प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा प्रदेशको नामकरण र राजधानी टुंगो लगाउन विशेष समिति गठन भएकोमा राजधानी जनकपुरधाम नै कायम गर्ने निर्णय सर्वसम्मतले गरेको हो ।

उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रलाई राजधानीको सिमाना तोकेको छ । यो सीमाभित्र राजधानी तोक्ने विषयमा सहमती जुटेको सभामुख यादवले जनाएका छन् । नेपाली कांग्रेसले भने जनकपुरधाम उपमहानगर पालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।

समिति संयोजक यादवले भाषाको विषय टुंगो लगाउन सोमबारको लागि बैठक बस्न लागेको बताए । उनका अनुसार माघ महिनाभित्रै भाषाको पनि टुंगो लगाएर प्रदेशसभाबाट पारित गर्ने तयारी छ । सत्तारुढ समाजवादी र राजपाले संयुक्त रूपमा प्रदेश २ को नाम मधेस प्रदेश राख्न प्रस्ताव प्रदेशसभामा गरेका छन् ।

Comments

Top