नेकपाको सचिवालय बैठक बस्दै

nekapa-sachibalaya-baithak-scaled
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । केन्द्रीय समिति बैठक अघि नेकपाको सचिवालय बैठक बस्न लागेको हो । नेकपाको केन्द्रीय समिति बैठक भने माघ १५ गते सुरु हुनेछ । त्यसअघि मंगलबार अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठक पधानमन्त्रीको सरकारी निवास वालुटारमा बस्दै छ ।

केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा मंगलबारको सचिवालय बैठकले अनुमोदन गर्ने बताईएको छ । केन्द्रीय समिति बैठकमा पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन भने महासचिव विष्णुु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।
पार्टीका अध्यक्षद्वय मंगलबार कुनै पनि कार्यक्रममा सहभागी नहुने सचिवालयले जानकारी दिएको छ । अध्यक्ष ओली र प्रचण्ड केन्द्रीय समितिको बैठकका तयारीमा लागेका र त्यसको लागी दिनभर खटिने भएकाले कुनै पनि अन्य कार्यक्रममा उपस्थित नहुने भएका हुन ।

 

Comments

Top