गायिका आस्था राउत चार हजार धरौटीमा रिहा

astha raut
गायिका आस्था राउत चार हजार धरौटीमा रिहा भएकी छिन्। जिल्ला प्रशासन कार्यालयले उनलाई चार हजार धरौटीमा छाड्न आदेश दिएको हो।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । माघको पहिलो साता चेकजाचका क्रममा त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।

Comments

Top