५० हजार सवारीमा पोस्टर टाँसी आफ्नो फिल्मको प्रचार गदै ‘धुर्मुस’

Senti-Virus-First-Look


हास्यकलाकार सीताराम कट्टेले ‘धुर्मुस’ले आफ्नो फिल्म ‘सेन्टी भाइरस’को प्रचार ५० हजार सवारीमा फिल्मको पोस्टर टाँसेर गर्ने भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उपत्यका ट्याक्सी व्यवसायी सङ्घमार्फत ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात गरेका छन् ।

कार्यक्रममा कट्टेल र अभिनेता बुद्धि तामाङलगायतले ट्याक्सीमा दर्जनभन्दा बढी पोस्टर टाँसेका थिए । फिल्मको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खचिर्ने यसअघि नै कलाकार सितारामले घोषणा गरिसेकेका छन । ‘दर्शकलाई एक पटक फिल्म हेरिदिन आग्रह गर्दछु’ सीतारामले भने ‘फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ ।’

फिल्म ‘सेन्टी भाइरस’ को निर्देशन रामबाबु गुरुङले गरेका छन । आउँदो फागुन ९ गतेबाट चलचित्र प्रदर्शनमा आउदै छ ।चलचित्रमा सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका अभिनय देख्न सकिने छ । शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको फिल्म निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

 

Comments

Top