सरकारी कामको प्रभाव : यी सूचांकमा आयो अपेक्षित सुधार

pm nepal

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पछिल्लो दुई वर्षमा गरेको कामको प्रभाव देखिन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले विश्वका कुनै पनि सूचांकमा नेपाल नेगेटिभ नभएको जानकारी गराए । विश्व बैकको व्यवसाय सम्बन्धी सूचांकले नेपालको व्यवसायीक वातावरण गत बर्ष १० औ स्थानमा रहेको मा यस बर्ष ९४ औ स्थानमा रहेर १६ औ अंक माथि उक्लिएको उनले बताए ।

मानव विकास सूचांकमा नेपाल २ स्थान अघि बढेको, विश्व भोकमरीको सूचांकमा अहिले नेपालको स्थिति सुदृएको र ७३ औं स्थानमा पुगेको छ । शान्ति सुरक्षाको स्थित ग्लोबल पिस इन्डेक्समा नेपालले १२ अंकले सुधार गरी १ सय ६२ देश मध्ये नेपाल ७६ औ स्थानमा पुगेको छ । विधिको शासनमा नेपाल २ स्थान माथि उक्लिएको, भ्रष्टाचारमा ११ औ स्थान माथि उक्लिएको तथ्यांकले सरकारको कामको प्रगति देखिएको प्रधानमन्त्री ओलीको भनाई रहेको छ ।

निर्यात २७ प्रतिशतले बढेको , आयातमा कमि आएको, भुक्तानी सन्तुलन बचतमा रहेको , उत्पादन र उत्पादकत्व बढेको तथा धान, गहुँ र मकैको उत्पादन बढेको छ । सडक निर्माण, पुल निर्माण लगायत भौतिक पुर्वाधारमा भएका काम, पानी जहाज कार्यालयको स्थापना, चितवनको नारायणी नदीमा क्रुज संञ्चालन भएको विषयले पनि सरकार लक्ष्य प्रति प्रतिवद्ध भएको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री ओलीले नेकपाको स्थायी कमिटी बैठकको क्रममा यी सूचांकको विषयमा जानकारी गराएका हुन् ।

ओलीले उज्यालो अभियान अन्र्तगत कुल जनसंख्याको ८८ प्रतिशत जनसंख्यामा विद्यूत सेवा पुगेको उल्लेख गर्दै जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्था बारे पनि जानकारी गराए । सिंचाईसेवा, तटबन्ध निर्माण तथा डायर्भसन, ५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग निर्माण, जनता आवास कार्यक्रम अन्र्तगत भएका कामकारवाही लगायतको पनि विवरण दिए । प्राविधिक शिक्षा, न्यायो सेटलाईट, स्वास्थ्य विमा कार्यक्रमको विस्तार, लगायतको फेयरिस्त पनि उहाँले प्रस्तुत गर्नुभयो ।

उनले सरकारका कामकारवाहीका सम्बन्धमा केही भ्रम र केही अन्यौलका कुराहरु आउने गरेको भएपनि सरकार त्यसलाई चिर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए । कालापानी लिम्पियाधुरा, लिपुलेक लगायत क्षेत्रमा सिमा विवाद देखिएको भएपनि बार्तामार्फत समस्या समाधान गर्न भारतसंग छलफल भइरहेको ओलीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित