सडक दुर्घटनामा परी एक दम्पतीको मृत्यु

 

Accidentधनुषामा सडक दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्रबजारस्थित पूर्व(पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो पिकअपले ठक्कर दिएको बा ६४ प ३०४७ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा गणेशमान चारनाथ नगरपालिका ४ का ५० वर्षीय योगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार उनका छोरा १० वर्षीय जोनकुमार साह भने समान्य घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Comments

Top