आज सरस्वतीको आरधना गर्ने दिन,यी स्थानमा विशेष मेला

26_01_2020-sarswati_devi

काठमाडौं - माघ शुक्ल पञ्चमी: अर्थात विद्याकी देवी सरस्वतीको अारधना गर्ने दिन। यसै दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ।

देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ। संस्कृत कोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन्।

पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ। यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिएको छ।

सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्म (कमल)को आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि;विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ। विद्या र सरस्वती केलाई विद्या भन्ने, विद्याको उपयोग कसरी गर्ने र कसलाई विद्वान् भन्ने विषयमा विवाद रहँदै आएको छ।

पूर्वीय मान्यताअनुसार विद्याले मानिसलाई विनय र विवेकशील बनाउनुपर्छ। अरुलाई चोट लाग्दा आफूलाई लागेको जस्तोगरी दुख्नुपर्छ। यस दिन काठमाडौंका विभिन्न मन्दिरुमा विशेष पूजा लाग्छ। नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गाैरीधारा, नीलसरस्वती लगायतमा मेला लाग्छ।

Comments

Top