क्रिस गेल क्रिकेट खेल्न नेपाल आउदै

 Chris-Gayle-Net-Worth-Bio-Wiki-Age-Height

क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् ।
बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेल नेपाल आउने जानकारी गराएको हो । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका छन् । पोखराबाटै गत सिजनमा दक्षिण अफ्रिकाका रिचर्ड लेभीले खेलेका थिए ।

यस्तै साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।

Comments

Top