वडाअध्यक्ष नै कोठी धन्दामा, तीन युवतीसहित ६ जना पक्राउ

arrested (1)

ललितपुरमा एक वडाअध्यक्षले नै युवतीहरु राखेर कोठी चलाएको खुलेको छ । दक्षिणकाली नगरपालिका–४ का वडाअध्यक्ष पुष्कर खड्काले यस्तो धन्दा चलाएका हुन। तीन जना यौन व्यवसायमा आबद्ध युवतीसहित खड्कालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बृजगोपाल श्रेष्ठ र भारतीय नागरिक नवल ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


सानेपास्थित कांग्रेसको पार्टी कार्यालय नजिकै रहेको एउटा चार तल्ले घरमा यौन व्यवसाय सञ्चालन भैरहेको सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग सानेपाले छापामारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले माघ १० मा छापा मार्दा वडाअध्यक्ष खड्कासहित तीनजना पुरुष र तीनजना महिला पक्राउ परेको प्रहरीले बतायो ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार पक्राउ परेका उनीहरुलाई अनुसन्धान गरी मानव बेचविखनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

Comments

Top