एमसीसीमा सैन्य सम्झौता छ भनेर स्याल जस्तो नकराउन प्रवक्ता बाँस्कोटाको सुझाव

gokul

काठमाडौं-

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई राजनीतिक दाउपेचको मसला बनाउन नहुने बताएका छन । बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकार नेपालको हितका लागि प्राप्त हुने वैदेशिक सहयोग लिने पक्षमा रहेको बताए । प्रधानमन्त्रीले एमसीसी पास गर्ने बताउँदै आएको भन्दै सो परियोजना कार्यान्वयनमा गइसकेको उनले जानकारी दिए ।

चीनले दिएको ५० अर्ब सहयोग लिएको, भारतले दिएको ७५ अर्ब ऋण सहयोग पनि लिएको भन्दै अमेरिकी सहयोगको विरोध गर्न आवश्यक नरहेको उनको दावी छ । ‘हामीले भारतसँग पनि झण्डै एक अर्ब ऋण तथा अनुदान सहायता स्वीकार गरेका छौं र त्यसमा ६५ प्रतिशत निर्माण सामाग्री उनीहरुको हुनुपर्ने शर्त स्वीकार गरिएको छ । चीनसँग पनि ५६ अर्बको अनुदान लिइएको छ । सबै दातृ निकायसँग शर्त स्वीकार गरेरै सहयोग लिने हो तर हामी कुनै सैन्य रणनीतिमा भने सामेल हुन्नौं -उनले भने ।

एमसीसीमा सैन्य सम्झौता छ भनेर स्याल जस्तो नकराउन उनले सुझाव दिए । नेपाल बाहेक ४९ देशले एमसीसी सहयोग लिएको विषयलाई पनि उदाहरणको रुपमा हेर्नुपर्ने बताउदै उनले भने, एमसीसी परियोजनामा सैन्य सम्झौता हुँदैन । सैन्य सम्झौता छ भनेर स्याल जस्तो कराउनुपर्दैन ।’

 

 

Comments

Top