नेकपा केन्द्रिय समितिको बैठकः आज टोली प्रमुखहरुले छलफलको निश्कर्ष प्रस्तुत गर्ने

NCP-Central-Commitee-Meeting-Ktm-3

काठमाडौं-

बुधबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को केन्द्रिय समितिको बैठकको तेस्रो दिन आज समुहिक छलफलको निश्कर्ष टोली प्रमुखले पूर्ण बैठकमा प्रस्तुत गर्दैछन । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले राजनीतिक तथा सांगठानिक र विधान संशोधन प्रस्ताव पेश गरेका थिए । तीनै प्रस्तावमाथी केन्द्रित भएर केन्द्रिय सदस्यहरुले बिहिवार छलफल गरेका हुन । छलफलका लागी २९ जनाका दरले १५ वटा समुहमा विभाजन गरिएको थियो । उक्त छलफलको निश्कर्ष शुक्रबार १ बजेपछि बस्ने बैठकमा टोली प्रमुखले पूर्ण बैठकमा प्रस्तुत गर्ने भएका हुन ।

अधिकाशँ समुहहरुले प्रतिवदनमाथि छलफल विहीवारनै सकेका छन भने केहि समुहले शुक्रबार बिहान छलफल सकेर दिउँसो १ बजेभित्र पूर्ण बैठकमा प्रस्तुति दिने तयारी गरेका छन् ।काठमाडौँको राष्ट्रिय सभागृह, धुम्बाराही र पेरिसडाँडामा समुहगत रुपमा प्रतिवेदनमाथि छलफल चलाइएको थियो ।


केन्द्रीय समितिको आकार ठूलो भएकाले पार्टी सचिवालयले समूहगत छलफल चलाउने र टोली नेतामार्फत रिपोर्टिङ लिने विधि बनाएको थियो । बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तर्राष्ट्रिय सवाल, मिलेनियम च्यालेञ्ज कर्पोरेशन ( एमसिसी ) को अनुमोदन, सीमा विवादलगायत विषय मुख्य सवाल उठेका छन् ।
त्यस्तै अधिकांश समुहमा अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्दा मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताविरुद्ध हुने भन्दै विज्ञसँगको छलफल र परामर्शपछि मात्रै अघि बढाउनुपर्ने सुझाव दिएका छन ।

अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी एकता सुदृढीकण र जनसम्बन्ध विस्तार विशेष योजना छ । यसबाहेक एकताको राष्ट्रिय महाधिवेशन आगामी २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने उल्लेख छ । त्यसअघि २०७७ भदौदेखि मङ्सिरसम्म प्रदेश र जिल्ला तहको अधिवेशन गर्ने जनाइएको छ ।

 

Comments

Top