काश्मीरमा भिडन्त, तीन बिद्रोहीको मृत्यु

kasmir

भारत प्रशासित काश्मीरमा शुक्रबार भिडन्त हुँदा तीन विद्रोही मारिएका छन् । एक प्रहरी सख्त घाइते भएका छन् । विद्रोही र प्रहरीबीच भएको भिडन्तमा तीन विद्रोही लडाकु मारिएका छने भने प्रहरीतर्फ एकजना घाइते भएका छन् । प्रहरीका अनुसार जम्मुको दक्षिणी सहर नगरोटानजिकै प्रहरीले शुक्रबार बिहान ५ बजेतिर श्रीनगर मालवाहक ट्रकलाई रोकेपछि गोली हानहान भएको थियो । ट्रकमा सवार विद्रोहीले प्रहरीमाथि सुरुवाती गोली चलाएका थिए । प्रहरीले त्यसको जवाफी फाइरिङ गरेको थियो ।

अहिले भिडन्त रोकिएको छ भने प्रहरीले उक्त क्षेत्रमा घेरा हालेर अनुसन्धान थालेको छ । उक्त क्षेत्रमा विद्यालयहरु बन्द गरिएका छन्

Comments

Top