ज्ञानेन्द्रले 'कू' गरेको त्यो दिन, जसले आफ्नो भविष्य सकेको थियो

jyanendra

काठमाडौं -

तत्कालीन राजा ज्ञानेन्द्र शाहले 'राजनीतिक कू' गरेको कालो दिनको रुपमा माघ १९ लाई स्मरण गरिँदैछ । त्यसैदिनको कारण २०५० वर्ष लामो राजसंस्था अन्त्य गर्नको लागि जनतालाई बल पुगेको थियो भने राजा गद्दी छोड्नै पर्ने अवस्थामा पुगेका थिए ।
२०६१ साल माघ १९ गतेका दिन प्रतिनिधिसभा विघटन गरी ज्ञानेन्द्रले शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । यसैले यस दिनलाई कालो दिनका रुपमा पनि लिने गरिएको छ । उनले त्यसदिन आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल बनाएका थिए ।
ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराउने समेत अप्रिय काम गरेका थिए । समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गर्ने काम त्यसै समयमा गरिएको थियो ।
शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए ।

फलस्वरुप २०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा राजसंस्थाको अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भयो । त्यसपछि संविधान सभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ ।

Comments

Top