आगामी वर्षबाट नेपाल विकासशिल राष्ट्र : सांसद बस्नेत

sansad0

काठमाडौं ।

सरकारले सन‍् २०२१ सम्ममा नेपाललाई विकासशिल राष्ट्र घोषणा गर्ने गरी तयारी गरेको जनाएको छ । पूर्वमन्त्री तथा नेकपाका सक्रिय नेता सांसद महेश बस्नेतले आगामी वर्ष अतिकम विकसित राष्ट्रबाट नेपाललाई विकासशिल राष्ट्र घोषणा गर्नेगरी सुधारका काम भएको जानकारी गराएका छन् ।

नेपाल सरकारले सन् २०१८ मा भइरहेको संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को विकास निति समितिमा गरिने समीक्षामा हाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति नगरिदिन लेखिपठाएको छ । नेपाल सरकारको तर्फबाट भएको सुधारको कारण सन् २०२१ को समिक्षा बैठकबाट नेपाल विकासशिल राष्टको रुपमा स्तोरउन्ती हुने र त्यसअनुसारको तयारी नेपालकको तर्फबाट भएको सांसद बस्नेतले सोमबार आयोजित कार्यक्रममा जानकारी गराए ।

वर्तमान नेकपाको सरकार बनेसँगै नेपालको अर्थतन्त्रको तथ्यांकमा व्यापाक सुधार आएको र त्यसैको आधारमा विकासशिल राष्ट्रको सूचिमा नेपाललाई पारिने बस्नेतको भनाई रहेको छ। नेपाल अतिकम विकसित राष्ट्रहुँदा दातृ निकायबाट केही बढी सहयोग हुने भएता पनि तथ्यांकीय सुधारसँगै संयुक्त राष्ट्र संघले श्रेणी तोक्ने गर्छ ।

सांसद बस्नेतले पनि विकास आवश्यकता र मागका आधारमा हुने बताउँदै अल्पविकसित मुलुकका विकास आवश्यकता भन्दा पनि मागका आधारमा गरिने बताए । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, भारत र नेपाल पाइपलाईन निर्माण कार्य लगायतका क्षेत्रमा देखिएको सुधारले देशको अर्थतन्त्रमा दीर्घकालीन सहयोग पु्ग्ने बस्नेतको भनाई रहेको छ । रेलमार्ग, पानी जहाज सञ्चालन गर्ने, पोखरा, लुम्बिनी, जीजगढमा अन्तर्राष्ट्रिय एयरपोट बनाउने लगायतका असंख्य राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको चरणमा रहेको जानकारी गराउँदै नेपालले विकासको दृष्टिले क्रमिक रुपमा सुदृढको बाटो अवलम्बन गरेकोले नै आगामी वर्ष विकासशिल राष्ट्र घोषणा हुने बस्नेतको भनाई छ ।

सोमबार नै सांसद महेश बस्नेतले चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थिती घोरसाईने गाउँ सडकको शिलान्यास गरेका छन् । संघीय सरकारको ४ करोडको लागतमा ८ मिटरको चौडाई भएको उक्त सडक निर्माण, स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यको शिलान्यास गरिएको हो ।  स्थानीय तह तथा प्रदेश सरकारलाई संघिय सरकारले नै बजेट व्यवस्थापन गरिदिने गरेको जानकारी गराउँदै उनले प्रतिपक्षीले यो त यसले पो गरेको त केन्द्रीय सरकारले कहाँ गरेको हो भनि अनावश्यक खेती गर्नुको कुनै औचित्य नभएको बताए ।

केन्द्रीय सरकारबाट पछिल्लो समय चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पाँचरपाँच वटा सडक प्रत्येकलाई दुईरदुई करोडका दरले बजेटको व्यवस्थापन गर्न सफल भएको जानकारी गराउँदै उनले सुडालमा ३२ करोड रकममा सडक निर्माण तथा विस्तारको कार्य, चाँगु फास्ट ट्रयाकको लागि एक करोडमा निर्माण कार्य भइरहेको जानकारी गराए । त्यस्तै खहरेबाट वीर अस्पताल जाने सडक अर्थमन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग छलफल गरी ५० करोड भन्दा बढीको लागतमा १५ मिटरको सडक निर्माणको प्रकृया चाँडै अघि बढ्ने समेत उनको भनाई थियो ।

सरकारबाट यो हप्तामात्र चाँगुनारायणमा १२ करोड पार्न सफल भएको जानकारी गराउँदै उक्त क्षेत्रमा प्राप्त विकास निर्माणका योजना तथा बजेट आफुले आफ्नो क्षेत्र नपरे पनि बोनसको रुपमा व्यवस्थापन गरिदिएको बताए । उनले भक्तपुर क्षेत्र नं। १ को संघिय सांसदले विकास निर्माणका कुनै पनि भूमिका निर्वाह नगरेको स्पष्ट पार्दै आगामी दिनमा आफुले उक्त क्षेत्रको पनि अविभावकत्व गर्ने प्रतिवद्धता जनाए । ‘जे गर्छौ त्यो मात्र बोल्छौं, जे बोल्छौं त्यो गरेरै छाड्छौं भन्ने मान्यतालाई स्थापीत गराएका छौं - बस्‍नेतले भने ।


जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सांसद बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित भएता पनि क्षेत्र नं. १ को समेत विकासको पहरेदार भएको बताउँदै कुनै पनि विकास र समृद्धिको यात्राको व्यवस्थापन गर्ने जिम्मा स्थानीयवासीको भएको बताए । सांसद बस्नेत असल जनप्रतिनिधि भएकै कारण भक्तपुर नमुना बन्दै गएकोमा उनले खुसी व्यक्त गरे ।


नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले संघियताको कार्यान्वयवनसँगै नेकपाले तीनवटै सरकारको सहयात्री भई अघि बढिरहेको बताए । नेकपाको नेतृत्व आएसँगै अन्य जिल्लाका मानिसहरुले विकास हेर्न भक्तपुर जानुपर्छ भन्ने अवस्थाको सिर्जना भएको बताउँदै नेकपाकै नेतृत्वमा विकास प्रतिको जनताको भोक पुरा हुने उनको भनाई थियो ।


वडाध्यक्ष परासर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख विष्णु प्रसाद काफ्लेले उक्त सडकलाई फास्ट ट्रयाकको रुपमा विकास गर्न सडकको चौडाईलाई स्तरउन्नती गर्नुपर्नेमा जोड दिए ।

Comments

Top