गृहमा राईपछि न्यौपाने : उस्तै सक्रियता र सुधारको आवश्यकता

girha saschib

काठममाडौं - कुशल प्रशासकको छवि बनाएकै कारण गृह मन्त्रालय जस्तो आकर्षक र जिम्मेवार मन्त्रालयको सचिवका रुपमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट न्यौपानेलाई गृहमा तानेको हो ।
गृहसचिवको रुपमा फरक छवि बनाएको प्रेमकुमार राईले अवकाश पाउने समयभन्दा दुई दिन अघि राजीनामा दिएपछि सरकारले उत्तिकै सक्रिय व्यक्तिको खोजिमा न्यौपानेलाई लिएको हो । कमै सचिवहरूले निस्कने बेलामा आफूले गरेका कामको फेयरिस्त सार्वजनिक गर्ने क्रममा राईले आफ्नो फेयरिस्त सार्वजनिक गरेर बाहिरिएका छन्।

राईले २२ महिनाको मुख्य उपलब्धिमा दुवै प्रहरीमा सरुवा र बढुवा नियमित गरिएको, विभिन्न २७ वटा कानुन तर्जुमा गरिएको, नेपाल प्रहरीमा ३० इकाई थप गरिएको , १८८ प्रहरी इकाई स्वीकृत गरेको विषयलाई लिएका छन् ।
५३ जिल्लामा आपत्कालीन कार्यसञ्चालन केन्द्र निर्माण, ९ हजार ७८६ प्रहरीलाई विभागीय कारबाही, सशस्त्र प्रहरीतर्फ ३२३ लाई कारबाही , अध्यागमन सुधार, कारागार सुधारलगायतका विषयलाई मुख्य उपलब्धिका रुपमा लिएका छन्। टिप्पणी गर्नेहरू उनले गृह मन्त्री रामबहादुर थापालाई समेत छायामा पार्ने गरेको बताउने गरेका थिए।

गृहमन्त्रीको निर्देशन पहिले नै कतिपय सुधारको काम राईले अघि बढाएको बताइन्छ । विदाई को क्रममा उनलाई गृहमन्त्रीले पनि प्रशंसा गरेका थिए। नहुने विषयलाई हुदैन भनेर अडान लिने र गर्न सकक्ने कामलाई तत्काल अघिब ढाउने स्वभावको कारण पनि उनलाई कर्मचारीतन्त्रमा विशेष व्यक्तिको रुपमा लिने गरिन्छ ।

यस्तै निरन्तरताको लागि सरकारले गृहमा न्यौपानेलाई तानेको छ । भक्तपुर चाँगुनारायण -३ का न्यौपानेले अख्तियारमा देखाएको सक्रियतालाई नै सरकारले मुख्य आधार मानेको देखिन्छ ।
गृह मन्त्रालयमा सचिव बन्न न्यौपानेसहित , यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपाने लागिपरे पनि सरकारले न्यौपानेलाई तानेको सरकार सम्वद्ध स्रोत बताउने गरेको छ ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर सुशासन कायम गर्ने कार्यमा सक्रिय सचिव न्यौपानेले यसअघि पर्यटन मन्त्रालयमा पनि सुधारका कार्य थालेका थिए । परिणाम दिन सक्ने क्षमताका उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सफलतापूर्वक कार्य गरिसकेका छन् ।

सुरक्षा चुनौतीका आन्तरिक र बाह्य पाटाहरू पहिचान गर्न सक्ने, सबै सुरक्षा निकायलाई प्रभावकारी ढंगले समन्वय र परिचालन गर्न सक्ने, सुरक्षासँग सम्बन्धित विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच पुलका रूपमा काम गर्न सक्ने, सम्भावित सुरक्षा चुनौतीको पूर्वआँकलन गर्दै रणनीति तयार गर्न सक्ने र उच्च निर्णय क्षमता भएको, दृढ इच्छाशक्ति लगायतका विषयलाई आधार बनाएर न्यौपानेलाई सरकारले गृहमा तानेको हो ।
कुशल प्रशासको छवि गृहमा कति देखाउन सक्छन् त्यो भने भविष्यले दखाए पनि विगतमा उनले गरेको कामको आधारमा उनी सफल हुने दाबी उनीसँग काम गरेका सरकारी अधिकारीको भनाई छ ।

Comments

Top