‘एमसिसीको विस्तृत रूप थाहा नभएकाले विरुद्धमा टिप्पणी गरे’

 

received_193552208677909गुल्मी - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालील एमसिसीको विस्तृत रूप थाहा नभएकाहरूले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको बताएका छन् ।

गृह जिल्ला गुल्मीमा भएको कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । एमसिसी विरुद्ध बाहिर आएका कुराहरू अनावश्यक, अतिरञ्जित र प्रायोजित भएका उनको भनाई छ ।

नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने ज्ञवालीको भनाई छ । उनले अहिलको एमसिसी विरुद्धको बहस बेकार भएको समेत टिप्पणी गरे ‘ चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको छ’ ज्ञवालीले भने ।

सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरूसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने ज्ञवालीको भनाई छ । जनताको वर्षा‌ देखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उनले जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न प्रतिवद्धता जनाए ।

Comments

Top