कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

korana_virus_2080342585

काठमाडौं -
कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनमा बुधबारसम्ममा ज्यान गुमाउनेको संख्या ५०० पुगेको हो।
चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ ।
विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार पुष्टि गरेको थियो । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।

Comments

Top