बौद्ध भवन केन्द्र बनाउन काठमाडौं महानगरको आर्थिक सहयोग

kathmandu mahanagar

काठमाडौं –

काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ। महानगरिले तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ। महानगर प्रमुख प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई बिहीबारतीन करोड एक लाख ६९ हजार रकम उपलब्ध गराएका हुन् ।

शाक्यले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाको खोजी र प्रवर्द्धनको काममा सरकार रहेको बताएका छन् । महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको विकासका लागि ठूलो सहयोग पुगेको उनले बताए ।

केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले शान्तिका दूत गौतम बुद्धको आदर्श विश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरे । २०४२ मा स्थापना भएको केन्द्र करिब सात रोपनी छ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ ।

Comments

Top