घरेलु मैदानमा पहिलो ओडीआई जितको खोजीमा नेपाल, अमेरिकासँग भिड्दै

nepali-cricet-team

काठमाडौं -

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल शनिबार अहिले अमेरिकाविरुद्ध भिड्दै छ । घरेलु मैदानमा भएको पहिलो खेलमा ओमानसँग पराजय बेहोरेको नेपाल पहिलो जितको खोजीमा छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार नेपाल र अमेरिकाबीच शृंखलाको तेस्रो खेल चलेको छ। सुरुवाती दुवै खेल जित्दै ओमानले ४ अंक बनाइसकेको छ । अमेरिका पहिलो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । अमेरिका पनि यो सिरिजमा जितको खोजीमा छ ।
आइसिसी विश्वकप क्रिकेट लिग- २ मा हालसम्मको प्रदर्शन हेर्दा अमेरिका निकै बलियो छ । हालसम्म नौ खेल खेलेको अमेरिका १२ अंकसहित तालिकाको पहिलो स्थान बनाएको छ। अमेरिकाले ६ जित र तीन हारको नतिजा निकालेको छ। आठ खेल खेलेको ओमान ६ जित र दुई हारबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ। समान अंक भए पनि ओमान रनरेटमा पछाडि परेको हो।
लिग २ अन्तर्गत चौथो खेल माग २६ गते नेपाल र ओमानको हुने छ। पाँचौ खेल २८ गते अमेरिका र ओमन का साथै २९ गते नेपाल र अमेरिकाबीच पुन प्रतिस्पर्धा हुनेछ।

Comments

Top