करणको चार विकेट र कुशलको किर्तिमानीमा अमेरिका सामू नेपालको जित

received_211701653297176

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग अन्तर्गत नेपालले पहिलो जित निकालेको छ। शनिबार त्रिवी क्रिकेट मैदानमा भएको अमेरिकाविरुद्धको खेलमा नेपालले आफ्नै भूमिमा जित निकालेको हो।

नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो। अमेरिकालाई नेपालले १९१ रनको लक्ष्य दिएको थियो। अमेरिकालाई ४४औँ ओभरमा अलआउट गर्दै नेपालले जित निकाल्न सफल भएको हो। नेपालका लागि सबैभन्दा बढी करण केसीले ४, सुशन भारीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए। यस्तै कुशल मल्लले १ विकेट लिएका थिए।

ब्याटिङ तर्फ नेपालले अन्तिम ओभरको दोस्रो बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो। नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धसतक प्रहार गर्दै इनिङ्स उकासेका थिए । विनोदले ६२ बलमा ५१ रन बनाए। कुशलले डेब्यु खेलमै कुशलले पहिलो अर्धसतक प्रहार गर्दै ५० रन जोडे। कुशलको अर्धसतकले विश्व कीर्तिमानसमेत बनाएको छ। त्यस्तै ज्ञानेन्द्र मल्ले २१, पारस खड्काले १९ र करण केसीले १२ रन बनाएका थिए ।

अमेरिकाका लागि इयान होलाण्डले अर्धसतकीय पारी खेल्दै ७५ रन जोडे पनि टोलीको हार टार्न सकेनन्। अमेरिकाका लागि क्यामरुन स्टेभेनसनले ३ तथा रुस्ती थोरेन र कप्ता सौरभ नेत्राभाल्करले समान २-२ विकेट लिए। जितसँगै नेपालले दुई खेलबाट २ अंक जोडेको छ।

लिगअन्तर्गत १० खेलबाट १२ अंक जोडेको अमेरिका रनरेटका आधारमा शीर्ष स्थानमा कायमै रहेको छ।

Comments

Top