त्रिकोणात्मक सिरिजः ओमानसँग बदला लिने अवसर

767817f54e569e852a3302dceff5b98f_w1000_h500_cp

काठमाडौं -

आइसिसी लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीचको खेल सुरु भइरहेको छ।आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ सुरु गरेको हो ।
यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। त्यसैले पनि नेपाललाई आज ओमानसँग बदला लिने अवसर जुटेको छ ।

शनिबार नेपालले अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गरेको छ। अमेरिकाविरूद्दको खेलमा नेपालका कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धसतक बनाउने कान्छो खेलाडीको समेत कीर्तिमान बनाएका छन् ।

आइसिसीले विश्वकप छनोटको लागि नयाँ रोडम्याप तय गरेपछि गत अगस्टबाट यो सिरिज सुरु भएको हो। सोही अनुसार अहिले अमेरिका र ओमान नेपाल भ्रमणमा छन्। यी प्रत्येक देशले एकआपसमा दुई-दुई खेल खेल्नेछन्।
यो समुहमा नेपालसहित ७ देश छन्। समुहको शीर्ष तीन टोली सोझै सन् २०२३ मा हुने विश्वकप छनोट चरणमा पुग्नेछन्।

Comments

Top