logo

साङ्लोको सुखद व्यापार, शत प्रतिशत अकुपेन्सी

 

sanglo-box-office-3-1536x1024_1काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘साङ्लो’को व्यापार सुखद रहेको छ ।

विराज भट्टको मुख्य रोल रहेको चलचित्रको शुक्रवार र शनिवारको व्यापार उत्साहजनक रहेको छ । शुक्रवार ५५ प्रतिशत अकुपेन्सी पाएको चलचित्रले शनिवार दिउँसोसम्म शत प्रतिशत अकुपेन्सी हात पारेको छ । शनिवार सिंगल स्क्रिनमा ८० प्रतिशत अकुपेन्सीका साथ ओपनिङ गरेको थियो भने शत प्रतिशत सम्म पुगेको वितरक को भनाई छ । विशेष गरेर एक्सनलाई सर्वाधिक रुचाइएको चलचित्र हेर्नको लागि राजधानीका गोपीकृष्ण, गुण सिनेमाज, अष्टनारायण हल मा दर्शकको धेरै चाप रहेको थियो ।

देश बाहिर पनि चलचित्रले राम्रो अकुपेन्सी पाएको बुझिएको छ । दर्शकले दिएको यो साथ देखेर अभिनेता विराज निकै उत्साहित र खुशि भएका छन् । लामो समयपछि दर्शक माझ आउँदा आफ्नो यस्तो स्वागत हुन्छ भन्ने नसोचेको उनले बताए । दर्शकले देखाएको यो माया प्रति। आभार प्रकट गर्दै खुसी व्यक्त गरेका छन् ।

Comments

Top