ए डिभिजन लिगः एपीएफको दोस्रो जीत

Capture_1

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज एपीएफ विजयी भएको छ । फ्रेण्ड्स क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ रेलिगेसन बाट जोगिनका लागि अब सरस्वतीको खेलको नतिजा पर्खनु पर्ने छ । २ खेल बाँकी रहेका बेला रेलिगशेनबाट जोगिन सरस्वतीले दुवै खेल जित्नु पर्ने छ भने अन्तिम खेलमा एपीएफ पराजित हुनु पर्ने छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफलाई जित दिलाउनका लागि आशिष लामा र प्रविण स्याङ्तानले दुई गोल गरे । खेलको १२औं मिनेटमा लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा आशिषले एपीएफको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलको अग्रता लिएको एपीएफले दोस्रो हाफमा तीन गोल गर्‍यो भने फ्रेण्ड्सले पनि दुई गोल फर्कायो ।

६८औं मिनेटमा फिलिपे डिले गोल गर्दै एपीएफको अग्रता २–१ मा झारे । ७१औं मिनेटमा प्रविण स्याङ्तानले गोल गरेपछि एपीएफले अग्रता ३–१ मा लम्ब्याए । ७५औं मिनेटमा विश्व अधिकारीले फ्रेण्ड्सका लागि गोल गरे ।

इन्ज्युरी समयमा एपीएफले दुई गोल गरे । इन्ज्युरी समयको चौथो मिनेटमा टोपबहादुर विष्टले र छैटौं मिनेटमा प्रविण स्याङ्तानले गोल गरेपछि एपीएफले ५–२ को जित निकाल्यो । जितसँगै एपीएफले आठ अंक बनाएको छ ।

लिग अन्तर्गत आजै अरु दुई खेल पनि हुनेछन् ।

Comments

Top