logo

प्यारासाइटले ओस्कारमा इतिहास रच्यो,उत्कृष्ट घोषित

20200210113728_637574

एजेन्सी । ओस्कार अवार्डमा दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ।

बो जुन हो निर्देशित चलचित्रले ‘जोकर’, ‘द आइरिसम्यान,’ ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्‍याबिट’, ‘लिटल वुमन’, र ‘म्यारिज स्टोरी’लाई पछि पार्दै ‘प्यारासाइट’ ले उत्कृष्टको चलचित्रको अवार्ड जितेको हो।

योसँगै ‘प्यारासाइट’ ओस्कार अवार्ड जित्ने पहिलो विदेशी चलचित्र बनेको छ । ओस्कारको ९२ संस्करणसम्म कुनै पनि विदेशी भाषाको चलचित्रले उत्कृष्टको अवार्ड जितेका थिएनन्। ‘विदेशी भाषाको चलचित्र’ श्रेणीमा बेग्लै अवार्ड दिइन्छ।

‘प्यारासाइट’ उत्कृष्ट चलचित्रसहित चार विधामा उत्कृष्ट भएको छ । ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड ‘जोकर’बाट जोओकिन फिनिक्सले जितेका छन्। यस्तै, उत्कृष्ट अभिनेत्रीमा ‘जुडी’बाट रेने जेलवेगरले बाजी मारेकी छन्।

Comments

Top