भ्रमण वर्षको पहिलो महिना करिब ८० हजार पर्यटक नेपालमा

received_1491706464340710

काठमाडौं : नेपाल भ्रमण वर्षको पहिलो महिना करिब ८० हजार पर्यटक नेपाल आगमन गरेका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आएको देखिएको छ। विश्वभर नै चीनमा फैलिएको कोरना भाइरसको प्रभाव देखिए पनि नेपालको पर्यटन क्षेत्रमा तुलनात्मक रुपमा कम देखिएको छ।

 विभागका अनुसार जनावरी चीनबाट १३ हजार ३०३ पर्यटक नेपाल घुम्न आएका छन्। ु जुन गतवर्षको सोही महीनामा १२ हजार ९१६ थियो । तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन् ।

अमेरिकाबाट आउने पर्यटकको संख्या जनवरीमा ६३८६ पर्यटक आएका छन् । हवाई यात्राबाट आउने पर्यटकमा पहिलो नम्बरमा भारत, चीन र अमेरिका रहेका छन्।

२०१९ जनवरी महिनाको तुलनामा २०२० जनवरीमा एसियाका मुलुकहरूमध्ये चीन, बंगालादेश, म्यानमार, सिंगापुर, पाकिस्तान र मलेसियाबाट आउने पर्यटकको संख्या वृद्धि भएको छ । सरकारले भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम लिएको छ।

जनावरी महिना विदेशका विभिन्न शहरमा कार्यक्रम गरिएकोले यसको प्रभाव आगामी महिना देखिने सरकारी अधिकारीको भनाइ छ ।

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ। आगामी पाँच वर्षमा एक करोड पर्यटक वार्षिक रुपमा भित्र्याउने गरि पूर्वधार विकास गरिदै गएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको भनाइ छ ।

Comments

Top