logo

‘प्रेमगीत ३’ चर्को मूल्यमा विदेश राइट्स विक्री

Movie_prem_geet_3_FWxTFWtLRU

काठमाडौं । हिट चलचित्रका सिरिज निर्माण र प्रदर्शनभन्दा अगाडि नै महँगो मूल्यमा विदेशी भूमिमा विक्री हुने गरेका छन् । यसबीच, प्रदीप खड्का र क्रिस्टिना गुरुङको प्रमुख भूमिका रहेको चलचित्र ‘प्रेम गीत ३’ को विदेश राईटस् ४५ हजार डलरमा बिक्री भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ४५ हजार अमेरिकी डलर अर्थात् नेपाली ५१ लाखभन्दा बढी मूल्यमा खरिद गरेका छन् ।

निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको चलचित्रको केही दिन अगाडि सार्वजनिक भएको ‘हात्ती ढुंगामा’ गीतपछि विदेशी भूमिमा चलचित्रको माग झनै चुलिएको छ । राईटस्को बिषयमा चलचित्रका निर्माता निर्देशक सन्तोष सेन र ग्लोबलका अध्यक्ष श्रेष्ठले सोमबार सम्झौता गरेका हुन् । ‘प्रेम गीत–३’ सार्वजनिक रुपमा प्रदर्शनमा भने आगामी २८ चैतबाट आउँदैछ । चलचित्रको युरोप र अष्ट्रेलिया राईट्स पनि छिट्टै टुङ्गो लाग्ने सेनले जानकारी दिए ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा मा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

Comments

Top