logo

विश्वकप क्रिकेट लिग–२ः सन्दीप र सुशान चम्किँदा नेपालको सानदार जित

Capture_3

काठमाडौं . ‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध सानदार जित हासिल गरेको छ ।

सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराए/ आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पार्न सफल भएको हो । 

नेपालले ३६ रनको लक्ष्य ५=२ ओभरमा पूरा गर्यो । नेपालका लागि पारस खड्काले २० र दीपेन्द्र सिंह ऐरीले १५ रन बनाउन सफल भएका हुन ।

त्यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ तथा सुवास खकुरेल शून्यमै पेवेलियन फर्केका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो। अमेरिकालाई कम स्कोरमा रोक्न
सन्दीप लामिछाने ६ र सुशान भारीले ४ विकेट लिएका थिए।

अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

जितसँगै नेपालको अंकतालिकामा ४ अंक भएको छ । नेपालले लिगका ४ खेलमध्ये २ मा जित र २ मा हारको सामना गरेको छ।

 

Comments

Top