logo

चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक (भिडियाे सहित)

Capture_4

काठमाडाैं । चैत २१ गते रिलिज मिती तय गरेको चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको डान्सिङ नम्बर गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई फिचर गरिएको छ । जहाँ दिलिप र प्रियंकाको जोडी बाँधिएको छ भने सलोन र वर्षा जोडी बनेका छन् ।

शिवहरी पौडेलको निर्देशनरहेको चलचित्रको कथा, पटकथा तथा संवाद पनि शिवहरी आफैँले तयार गरेका हुन् । कमेडी जनरमा निर्माण भएको चलचित्रले उमेर ढक्लिसकेका मानिसको मनोभावलाई प्रस्तुत गरेको छ ।

चलचित्रमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

भिडियो

 

 

Comments

Top